धराैटीमा छुटेका युवाले सामाजिक सञ्जालमा अश्लील सामग्री पठाउँदा परे प्रहरीकाे फन्दामा



काठमाडौं, साउन १६
सामाजिक सञ्जालमा अश्लील तस्विर पठाउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

तनहुँको भानु नगरपालिकाकी १३ वर्षीया बालिकाको फोटो प्रयोग गरेर नक्कली फेसबुक आईडी बनाई बालिकाकी दिदी एवं आफन्तहरुलाई अश्लील तस्विर पठाउने बिहीबार पक्राउ गरि अदालतमा पेश गरी सात दिन म्याद थप गरेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा तनुहुँ जिल्लाको भानु नगरपालिका–८ घर भई हाल काठमाडौंको बालाजु बस्ने ३८ वर्षका सविन राज मिश्र रहेका छन् । पक्राउ परेका मिश्र २०७६ मंसिर २४ गते विद्युतीय कारोबार ऐन २०६३ को कसुरमा पक्राउ परि जिल्ला अदालत काठमाडौंबाट एक लाख रुपैयाँ धरौटी बुझाएर छुटेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News