गुल्मीको आरिपाटमा पहिरोले घर पुरियो, चार जनाको मृत्यु




बुटवल, साउन १६
गुल्मीको रूरू गाउँपालिका– ५ आरिपाटामा पहिरोले घर पुरिँदा चार जनाको ज्यान गएको छ । शुक्रबार राति ८ बजेतिर खसेको पहिरोले स्थानीय बिना माझीको घर पुरेको हो ।

पहिरोले घर पुर्दा माझीसहित उनका तीन सन्तानको ज्यान गएको छ । डेढ वर्षीयादेखि अन्दाजी ७ वर्षका तीन छोराछोरीको मृत्यु भएको स्थानीय मेघराज गिरीले जानकारी दिए।

मृतकको शव स्थानीयले निकालेका छन् । प्रहरी टोली घटनास्थल गैरहेको छ । पहिरोका कारण अन्य तीन घरका बासिन्दा विस्थापित भएका छन् । सो ठाउँमा माझी परिवारका २० घर रहेको बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2020 Deshko News