भारतमा कोरोना संक्रमितको नयाँ रेकर्ड, मृतक संख्या पनि बढ्दै




काठमाडौं, साउन १७
विश्वमा कोरोना भाइरसका कारण ६ लाख ६८ हजार भन्दा बढीको मृत्यु भएको छ । भने १ करोड ७१ लाख भन्दा बढी संक्रमित भएका छन् ।

यसैबीच भारतमा कोरोना भाइरसका कारण अहिलेसम्म ३६ हजार ५५१ जनाको मृत्यु भएको छ भने १६ लाख ९७ हजार ५४ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १० लाख ९५ हजार ६४७ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था ग्म्भीर रहेको छ ।

भारतमा ५ लाख ६४ हजार ८५६ जना उपचाररत छन् । त्यस्तै भारतमा शुक्रवार मात्रै अहिलेसम्मकै धेरै कोरोना संक्रमित थपिएका छन् ।

त्यहाँ शुक्रवार एकैपटक ५७ हजार ७०४ जना नयाँ संक्रमित थपिएका छन् भने ७६५ जनाको मृत्यु भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2020 Deshko News