घरमा कोही नभएको मौकामा महिलामाथि मध्यरातमा कुटपिट




तुलसीपुर, साउन १७
पश्चिम दाङको शान्तीनगरमा अज्ञात समूहको कुटपिटबाट एक महिला गम्भीर घाइते भएकी छिन् । घाइते हुनेमा शान्तीनगर गाउँपालिका वडा नम्वर २ अमुवाकोट निवासी ३५ वर्षीया बिमला वली रहेको प्रहरीले बताएको छ । 

घरमा कोही नभएको समयमा शनिवार विहान २ बजेतिर ती महिला माथी कुटपिट भएको प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार उनी घर नजिकैको बारीमा विहान अचेत अवस्थामा फेला परेपछि स्थानियको सहयोगमा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ल्याइएको छ । 

उनलाई थप उपचारका लागी कोहलपुर रिफर गरिएको छ । उनी माथी कसले र किन आक्रमण गरेको हो भन्नेबारे केहि नखुलेको प्रहरीले जनाएको छ ।

उनका श्रीमान् बैदेशिक रोजगारीमा विदेश छन् भने छोरा र छोरी घरमा नभएको मौका छोपी उनी माथी कुटपिट भएको बताइएको छ । घटनाको विषयमा थप अनुसन्धान भईरहेको प्रहरी स्रोतले बताएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2020 Deshko News