अमेरिकाले टिकटकमा प्रतिबन्ध लगाउन सक्ने राष्ट्रपति ट्रम्पको भनाई


 


एजेन्सी, साउन १७
अमेरिकाले चिनियाँ भिडियो सेयरिङ एप्लिकेसन्स, टिकटकमा प्रतिबन्ध लगाउन सकिने जनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार सो कुराको जानकारी दिए । उनले भने– हामीले यस विषयमा विचार गरिरहेका छौँ कि अमेरिकाले टिकटकले प्रतिबन्ध लगाउन पनि सक्छ ।

ट्रम्पले थप्दै भने– हामीले यो विषयको तयारी गरेका छौँ, हामीसँग टिकटकका अरु पनि कैयौँ विकल्पहरु हुन सक्छन्, त्यस बारेमा खोजी गरेका छौँ हामीले यसमा प्रतिबन्ध लगाउन सक्छौँ ।

अमेरिकामा कतिपय चिनियाँ एप्लिकेन्सहरुमा प्रतिबन्ध लागेको छ । त्यसैले अमेरिकाले यस टिकटकमा पनि प्रतिबन्ध लगाउनसक्ने तयारी गरेको चर्चा शुरु भएका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको यो भनाई आएको हो ।

यसअघि जुलाईको पहिलो सातामा नै अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले पनि अमेरिकाले टिकटकमाथि प्रतिबन्ध लगाउने बारेमा सोचिरहेको भनाई राख्नुभएको थियो । त्यसको करिब महिना दिनपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको यो भनाई आएको प्राप्त समाचारमा जनाइएको छ ।

प्रकाशित मिति: १७ श्रावण २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्