ओली-प्रचण्डबीच ३ घण्टा बढी समय चल्याे वार्ता



काठमाडौं, साउन १८
नेकपा कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सवा तीन ३ घण्टा भेटवार्ता चलेकाे छ। भेटवार्तामा बिहान ९:४५ मा सुरु भएर दिउँसो १ बजे सकिएको स्राेतले बताएकाे छ।

नेकपामा देखिएको विवाद अन्त्यका विभिन्न विकल्पमा छलफल भए पनि सहमति भने हुन नसकेको छलफलमा सहभागी एक नेताले जानकारी दिए । आजको भेटवार्तामा नेकपा वरिष्ठ नेता झलनाथ खनाल र स्थायी कमिटी सदस्य सुवास नेम्वाङसमेत सहभागी थिए । विवाद बढेपछि आज पाँचौँ दिनमा मात्र अध्यक्षद्वयबीच संवाद भएको छ ।

पछिल्लो पटक साउन १३ गते प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले एकतर्फी स्थायी कमिटी बैठक स्थगित गरेका थिए । ओलीले स्थगित गरेको बैठक पूर्वप्रधानमन्त्रीसमेत रहेका कार्यकारी अध्यक्ष प्रचण्डले सञ्चालन गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2020 Deshko News