कोरोना अपडेट : थप २४६ जनामा संक्रमण पुष्टि



काठमाडौं, साउन १८
पछिल्लो २४ घण्टामा २४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २० हजार ३ सय ३२ पुगेको छ ।

नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रपक्ता प्रा. डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार देशभरका प्रयोगशालामा ८ हजार ८६१ नमुना परीक्षण गर्दा २४५ जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा थप १११ जना कोरोना संक्रमण मुक्त भएसँगै कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या १४ हजार ६०३ पुगेको मन्त्रालयले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2020 Deshko News