सिन्धुपाल्चोकको मेलम्चीमा पहिरो जाँदा ८ जना वेपत्ता



काठमाडौं, साउन १९
सिन्धुपाल्चोकको सिन्धुपाल्चोकको मेलम्चीमा पहिरो जाँदा ८ जना वेपत्ता भएका छन्। प्रहरीका अनुसार मेलम्ची नगरपालिका–११ मा पहिरोमा पुरिएर ८ जना वेपत्ता भएका छन् भने एकजनालाई भने उद्धार गरिएकाे छ।

कभर्ड हल निर्माणमा खटिएका कामदारहरु गएराति करिब दुई बजेतिर आएको पहिरोमा पुरिएका हुन् । प्रहरी तीन बजेतिर उद्धारमा खटिएको थियो ।

तीन घण्टाको प्रयासमा एक जना भारतीय नागरिकलाई जीवितै उद्धार गरेर प्रारम्भिक उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्रमा पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका एसपी प्रज्ज्वल महर्जनले जानकारी दिए ।

मेलम्ची नगरपालिकाका मेयर डम्बर बहादुर अर्यालले आठ जना मजदुर पहिरोमा पुरिएको र उनीहरुलाई अझै ननिकालिएको बताए । प्रहरीले पहिरोमा पुरिएकाहरुको खोजी प्रयास भइरहेको जनाएको छ । नेपाली सेना, प्रहरी र स्थानीय उद्धारमा खटिएका छन् ।

गत असार २४ गते राति सिन्धुपाल्चोकका भोटेकोसी, बुलकुटे र ठाडो खोलामा आएको बाढी पहिरोमा वेपत्ता भएका २० जना अझैसम्म फेला परेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News