दोलाखामा बाढीपहिरोमा परेर एकजनाको मृत्यु, ९ घर डुबे




दोलखा, साउन २३
दोलखाको उत्तरी क्षेत्र गौरीशंकर गाउँपालिकामा पहिरामा परी एकको मृत्यु भएको छ । बाढीका कारण स्वास्थ्यचौकी सहित ९ घर डुवानमा परेका छन्।

गौरीशंक गाउँपालिका-८, खारेको टुनिटारमा गए राति पहिरो जाँदा कालिञ्चोक गाउँपालिका(८, सुनखानीका करिब २८ वर्षीय सुरेश शिवाकोटी रहेको स्थानीयले बताएका छन्। 

मृतक शिवाकोटी सिगटीबाट टुनिटारको नवनिर्मिति घरमा सटर राख्नका लागि बिहीबार गएका थिए । काम नसकिएर सोही स्थानमा बसिरहेको अवस्थामा पहिरोले पुरेर उनको मृत्यु भएको दोलखाको प्रहरी प्रवक्ता निरीक्षक रुक्शा बज्राचार्यले जानकारी दिइन्। उनकाअनुसार सो पहिरोमा परेर तीन जना घाइते भएका छन् ।

गएराति नै आएको बाढीले गौरीशंकर गाउँपालिका(६, गुरुम्फीको बरु क्षेत्रमा खारे खोलाबाट आएको बाढी बजारमा छिर्दा स्वास्थ्यचौकी सहित ९ ओटा घरमा क्षति पुर्‍याएको प्रहरीले जनाएको छ। ९ ओटा घरका १० महिला, ७ पुरुष, ७ बालक, १० बालिका गरी ३७ जना विस्थापित भई नजिकको आफन्तको सुरक्षित रहेको प्रहरीले जनाएको छ। 

बाढीले सिप्रिङखोला जलविद्युत आयोजनामा ठूलो क्षति पुर्‍यएको बताएको छ । त्यस्तै सो गाउँपालिकाको विभिन्न वडामा निर्माणाधिन रहेको घट्टेखोला, तल्लो खारेखोला जलविद्युत् आयोजनको पनि विभिन्न संरचना बगाएको प्रवक्ता बज्राचार्यले बताइन्।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News