रेशम चौधरी अस्पताल भर्ना


 



काठमाडौं, साउन २३
प्रतिनिधिसभा सदस्य रेशम चौधरी अस्पताल भर्ना भएका छन्। दुई दिन अगाडि मुटु र खुट्टामा समस्या देखिएपछि उनी वीर अस्पतालमा भर्ना भएको डिल्ली बजारस्थित कारागारका जेलर गणेश आचार्यले जानकारी दिए ।

उनका अनुसार चौधरीमा केही दिनदेखि मुटु दुख्‍ने र खुट्टा सुनिने समस्या देखापरेको थियो ।
पाँच वर्ष अगाडि भएको टीकापुर हत्याकाण्डमा जिल्ला अदालत कैलालीबाट दोषी ठहर भएर २ वर्षदेखि डिल्लीबजार कारागारमा जेल जीवन बिताइरहेका उनी राष्ट्रिय जनता पार्टीका तर्फबाट कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् ।

प्रकाशित मिति: २३ श्रावण २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्