कोरोनाबाट धरानमा २२ वर्षीय युवकको मृत्यु


 



सुनसरी, साउन २३ ।
कोरोना भाइरस संक्रमणबाट धरानमा एक २२ वर्षीय युवकको मृत्यु भएको छ ।

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २ नम्बर प्रदेश अन्तर्गत सिरहा जिल्लाको गोलबजार नगरपालिका वडा नम्बर १२ का २२ वर्षीय एक युवकको गएराति उपचारको क्रममा वीपी प्रतिष्ठानमा मृत्यु भएको हो ।

मृतक युवक मिर्गौलाका बिरामी थिए । विगत ३ वर्षदेखि डायलासिस गराइरहेको ती युवकलाई गएको बुधवार मात्रै कोरोना संक्रमण पुष्टि भएको थियो । अहिले मृतक युवकको परिवारका सदस्य ४ जनालाई क्वारेन्टिनमा राखिएको छ ।

प्रकाशित मिति: २३ श्रावण २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्