क्‍वारेन्टाइन बसेर फर्केकाहरुमा पनि कोरोना पुष्टि, २४ जनामा संक्रमण




बझाङ, साउन २३
बझाङको केदारस्युँ गाउँपालिकामा क्वारेन्टाइन बसेर घर फर्किएका व्यक्तिहरुमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । क्

‍वारेन्टाइनबाट घर फर्केका थप २४ जनामा कोरोना संक्रमण देखिएको हो । यसअघि ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । बुधबार र विहीबार देखिएका नयाँ संक्रमितहरु समुदायमा घुलमिल भइसकेकाहरु छन् ।

क्रमितहरु घर गएर परिवार र समुदायका मानिसहरुको सम्पर्कमा गएको देखिएपछि उनीहरुको सम्पर्कमा आएका ३ सय ५० जनाको थ्रोट स्वाब संकलन गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका प्रवक्ता लोकेश भण्डारीले संक्रमितको सम्पर्कमा आएका अरु मानिसहरु पत्ता लगाउने काम भइरहेको बताए ।

समुदायमा घुलमिल भइसकेकाहरुमा संक्रमण देखिएपछि गाउँपालिकाका वडा नं ६ र ७ मा जिल्ला प्रशासन कार्यालयले साउन १९ देखि ३२ गते सम्मका लागि निषेधाज्ञा जारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News