Deshko News
१६ मंसिर २०८०, शनिबार

रेशमसहित ११ जनालाई रिहाई नगरे थरुहटले कडा कदम चाल्ने, दियो यस्तो चेतावनी


 



धनगढी, साउन २४
थरुहट थारुवान राष्ट्रिय मोर्चाले सांसद रेशम चौधरीसहित ११ जनालाई रिहाई नगरे प्रधानमन्त्री र मन्त्रीविरुुद्ध कडा कदम चाल्ने चेेतावनी दिएको छ ।

मोर्चाले प्रधानमन्त्री, मन्त्री र प्रधानमन्त्री पक्षधर सांंसदलाई थरुहट क्षेत्र प्रवेशमा रोक लगाउने चेतावनी दिएको छ ।

मोर्चाको आन्दोलनमा एक्येबद्धता जनाएका नेपाल आदिबासी जनजाती महासंघ ७ नंम्बर प्रदेश समन्वय परिषद, नेपाल लोकतान्त्रीक पार्टी कैलाली, खसान राष्ट्रिय संघर्ष समिति लगायतका आठ वटा संगठनले आज धनगढीमा संयुक्त पत्रकार सम्मेलन गरि बहिष्कारको चेतावनी दिएका हुन् ।

थरुहट थारुवान राष्ट्रिय मोर्चाका केन्द्रिय संयोजक लक्ष्मण थारुले टीकापुर घटनालाई अपराधिक घटना बनाई रेशम चौधरी लगायतका ११ जनालाई बन्दी बनाएको र उनीहरुलाई तीन महिना भित्र नछोडे त्यसबाट उत्पन्न असहज परिस्थितीको जिम्मेवारी प्रधानमन्त्री केपी ओलीले लिनुपर्ने बताए ।

 बर्तमान सरकार भ्रष्टचारको अखाडा बनेको बताउँदै संयोजक चौधरीले कोरोना नियन्त्रण, शुसासन, बाढी पहिरो लगायतका बिषयमा गैर जिम्मेवार बनेको उल्लेख गरे ।

 संयुक्त आन्दोलन संघर्ष समितिले साउन २५ गतेदेखि असोज ३ गते सम्मको संघर्षको कार्यक्रम समेत सार्बजनिक गरेको छ । थारुहट थारुवान राष्ट्रिय मोर्चाका कैलाली संयोजक माधब थारुका अनुसार साउन २५ गते प्रदेश सरकारलाई ज्ञापन पत्र बुझाउने, भदौ २ गते मानबअधिकार तथा नागरिक अगुवाहरु संग धनगढीमा बृहत अन्तरक्रिया गर्ने, भदौ ७ गते टीकापुर थरुहट बिद्रोहलाई स्मरण गर्दै देशब्यापी बिरोध सभा गर्ने लगायत रहेका छन् ।

यो अबधिमा पनि माग पुरा नभए दशै तिहार, छट पछि शसक्तरुपमा निर्णायक आन्दोलन गर्ने तालिका संघर्ष समितिले अगाडि सारेको मोर्चाले जनाएको छ।

प्रकाशित मिति: २४ श्रावण २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्