सुटकेसभित्र टाउको विनाको शव फेला



काठमाडौं, साउन २५
गोंगबुमा सुटकेसभित्र टाउको विनाको शव फेला परेको छ। आज बिहान टोखा  नगरपालिका-१० गोङ्गबुमा सुटकेसभित्र टाउको नभएको अवस्थामा शव फेला परेको  हो।

महानगरीय प्रहरी परिसरका प्रवक्ता डिएसपी राजकुमार केसीले सुटकेसभित्र शव प्याक गरिएको अवस्थामा भेटिएको बताए । टाउको भने अलि पर भेटिएको उनले बताए । उनका अनुसार शव पहिचान भइसकेको छैन।

परिसरका प्रमुख एसएसपी श्याम ज्ञवाली र अपराध महाशाखा प्रमुख एसएसपी दीपक थापालगायतको टोली घटनास्थल पुगेको छ।

 

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2020 Deshko News