६ महिने बालकसहित ९ जनामा कोरोना संक्रमण पुष्टि




काठमाडौं, साउन २५
कर्णाली प्रदेशमा ६ महिने बालकसहित ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश अस्पताल–पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा ६ महिनाका बालकसहित नौजनामा कोरोना पुष्टि भएको हो ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा कालिकोट पचालभरना गाउँपालिका– ४ का ६ महिनाका बालकमा कोरोना संक्रमण भएको पुष्टि भएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य महाशाखा जनाएको छ ।

प्रदेश अस्पताल–पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा सुर्खेत वीरेन्द्रनगर नगरपालिका– ४ का ६१ वर्षीया महिला, गुर्भाकोट नगरपालिका–७ का २२ वर्षीय पुरुष (सुर्खेतका दुईजना) र दैलेख महावु गाउँपालिका– १ का ४६ वर्षीय पुरुष गरी तीनजनामा कोरोना पुष्टि भएको छ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा जुम्ला चन्दननाथ नगरपालिका– १ का १७ वर्षीय पुरुष, वडा नं. ३ का २० वर्षीया महिला, वडा नं. ६ का २४ वर्षीया महिला, तिला गाउँपालिका–५ का २० वर्षीया महिला, कालिकोट शुभकालिका गाउँपालिका– ३ का ११ वर्षीय पुरुष, पचालझरना गाउँपालिका–४ का ६ महिनाका बालक मा कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य अधिकृत करुणा भट्टराईले बताइन् ।

कर्णालीका विभिन्न अस्पताल र आइसोलेसन सेन्टरबाट १२ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएको अधिकृत भट्टराईले बताइन् ।

 

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2020 Deshko News