विष्णु पौडेलका पीएसओलाई कोरोना संक्रमण


 



काठमाडौं, साउन २५
अंगरक्षक (पीसएओ) लाई कोरोना संक्रमण पुष्टि भएपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेल आइसोलेसनमा बसेका छन् ।

शुक्रबार दिइएको स्वाबको रिपोर्ट आइतबार आउँदा पौडेलका पीएसओमा संक्रमण पुष्‍टि भएको हो । सोही दिन गरिएको परीक्षणको शनिबार प्राप्त रिपोर्ट अनुसार महासचिव पौडेलसहित अन्य सबैको नेगेटिभ आएको स्रोतले जनाएको छ ।

पीएसओलाई संक्रमण पुष्टि भएपछि महासचिव पौडेल आइतबारदेखिनै आफ्नै निवासमा आइसोलेसनमा बसेका छन् । उनका पीसओलाई भने प्रहरी अस्पतालमा भर्ना गरिएको छ । यद्यपी उनलाई पनि लक्षण भने नदेखिएको महासचिव पौडेलको सचिवालय स्रोतले जनाएको छ ।

महासचिव पौडेलले आइतबारदेखि सबैखाले भेटघाट बन्द गरेर घरमै बसेका छन् । उनले शनिबारमात्रै नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटघाट गरेका थिए ।

प्रकाशित मिति: २५ श्रावण २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्