लगानी बोर्डका सीईओविरुद्ध उच्च अदालत पाटनमा रिट निवेदन



काठमाडौं, साउन २५
लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशिल भट्टको योग्यता माथि प्रश्न उठेकाे छ ।

सीईओ भट्टको योग्यता नपुग्‍ने दाबीसहित उच्च अदालत पाटनमा रिट निवेदन पेश भएसँगै उनकाे याेग्यता माथि प्रश्न चिन्ह् लागेकाे हाे ।

अधिवक्ता जयबहादुर भुजेलले लगानी बोर्डको सीईओमा भट्टको योग्यता नपुग्‍ने दाबीसहित निवेदन पेश गरेका हुन् । तर समय अभाव र केही आवश्यक कागजात नपुगेकाले निवेदन दर्ता नभएको उच्च अदालत पाटनले जनाएको छ । धिवक्ता भुजेलले उच्च अदालतमा भाेलि फेरी निवेदन दर्ता गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News