बालिकालाई लगातार दुई सातासम्म बलात्कार, एक जना पक्राउ


 



रौतहट, साउन २६
बालिकालाई अपहरण गरि दुई सातासम्म बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

बलात्कार तथा अपहरण मुद्दामा रौतहटको गुजरा नगरपालिकाका–५ सोनारडिह टोलका ४५ वर्षीय मुम्ताज देवान फकिर पक्राउ परेका हुन् । पीडितको जाहेरीको आधारमा प्रहरीले फकिरलाई पक्राउ गरेको हो ।

फकिरमाथि जबर्जस्ती करणी तथा अपहरण मुद्दा दर्ता गरेर आइतबार जिल्ला अदालत गौरबाट १० दिनको लागि म्याद थमाई अनुसन्धान सुरु गरिएको ईलाका प्रहरी कार्यालय विजयपुरका प्रमुख ईन्स्पेक्टर चन्द्रकिशोर साहले बताए । पीडित १४ वर्षीया बालिकाको पनि स्वास्थ परिक्षण भैसकेको प्रहरीले जनाएको छ ।

फकिरले आफ्नै गाउँको १४ वर्षीया बालिकालाई ललाई फकाई तथा विभिन्न धाक धम्की देखाएर भारतको मुजफरपुरमा लगेर दुई सातासम्म राखेर यौनशोषण गरेको पीडित परिवारले बताएको छ । 

दुई सातापछि गत १४ गते भारतीय नम्बरको मोटरसाइकलमा ल्याएर कटहरिया र गुजरा नगरपालिकाको सीमामा छोडेर फकिर बेपत्ता भएका थिए ।

प्रकाशित मिति: २६ श्रावण २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्