कोटेश्वरमा एकाएक फैलियो कोरोना संक्रमण


 


काठमाडाैँ, साउन २६
काठमाडौं महानगरपालिका-३२ कोटेश्वरस्थित असर्फी टोलमा कोरोनाभाइरसकाे संक्रमण फैलिएपछि उक्त टोल सिल गरिएको छ। साउन १८ गते किराना पसल सञ्चालक चार जनामा कोरोना पुष्टि भएपछि आसपासका घरमा बस्नेको स्वाब संकलन गरी पिसिआर परीक्षण गर्दा थप १३ जनामा कोरोना देखिएको हो।

वडा सदस्य हिरादेवी पोखरेलले दिएको जानकारीअनुसार आइतबार १३ जनामा कोरोना पुष्टि भएकामध्ये १० जनालाई कीर्तिपुर र टेकुस्थित अस्पतालमा आइसोलेसनमा राखिएको छ। तीन जनालाई भने उनीहरूकै घरमा राखिएको हो।

कोरोना देखिएका अधिकांश मानिस कोठा भाडामा लिएर बस्नेहरू हुन्। उनीहरूमध्ये कतिपय मजदुरी गर्छन्। ‘सुरूमा किराना पसल सञ्चालकमा कोरोना देखिएको थियो। उक्त पसलमा सामान किन्न आउनेहरूलाई परीक्षण गर्दा थप कोरोना संक्रमित भेटिएका हुन्,’ उनले भनिन्। पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढिरहेको छ।

प्रकाशित मिति: २६ श्रावण २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्