खानेपानी संस्थान बुटवलका प्रमुख धादिङबाट पक्राउ


 


काठमाडौं, साउन २६
नेपाल खानेपानी संस्थान बुटवल शाखा कार्यालयका विभिन्न व्यक्तिहरुसँग घुस रकम लिएर काठमाडौंतर्फ आउँदै गरेका बुटवलका शाखा प्रमुख १० लाख ५५ हजार घुससहित पक्राउ परेका छन् ।

शाखा कार्यालयका व्यक्तिहरुसँग घुस रकम उठाएर काठमाडौं आउँदै गरेको भन्ने सूचनाका आधारमा खटिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालको टोलीले नेपाल खानेपानी संस्थान बुटवलका कार्यालय प्रमुख सन्तोष साहलाई पक्राउ गरेको हो ।

आयोगका अनुसार इन्जिनियर साहलाई धादिङको धुनिबेंसी नगरपालिका–८ खानीखोलाबाट हिजो (आइतबार) पक्राउ गरिएको हो । अख्तियारको टोलीले साहको साथबाट स्रोत नखुलेको २ लाख ३३ हजार ५ सय रुपैयाँ नगद र बैंकमा रकम जम्मा गरेको ८ लाख २२ हजार रुपैयाँको भौचर बरामद गरेको जानकारी दिए ।

खानेपानी संस्थान बुटवलको लु १ ञ ९५ नम्बरको गाडीलाई रोकेर इन्जिनियर साहलाई अख्तियारको टोलीले नियन्त्रणमा लिएको थियो ।

प्रकाशित मिति: २६ श्रावण २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्