भयावह कोरोना संक्रमण : ४३ दिनमा थपिए एक करोड संक्रमित


 



काठमाडौं, साउन २६
विश्वभर कोराना संक्रमितको संख्या दुई करोड नाघेको छ । जम्मा ४३ दिनमा कोरोना संक्रमितको संख्या एक करोड थपिदै संक्रमितको संख्या दुई करोड नाघेको हो ।

संक्रमित मध्य ५० प्रतिशत विरामी अमेरिका, ब्राजिल र भारतमा मात्रै रहेको तथ्यांक छ । अमेरिकामा संक्रमित करिब ५२ लाख पुगेको छ । दोस्रो बढी संक्रमित रहेको ब्राजिलमा यो संख्या ३० लाख ३५ हजार नाघेका छ भने त्यसलाई पछ्याइरहेको भारतमा संक्रमित संख्या २२ लाख १४ हजार नाघेको छ ।

अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ६५ हजार ६ सय नाघेको छ । त्यसैगरी ब्राजिलमा संक्रमणबाट १ लाख १ हजार भन्दा बढीले ज्यान गुमाइसकेका छ भने भारतमा ४४ हजार ४ सय ६६ को मृत्यु भइसकेको छ ।

विश्वमा कोराना कहर अत्यासलाग्दो भएपनि न्युजिल्यान्ड यस विपत्तीबाट उन्मुक्ती तर्फ गइरहेको संकेत दिएको छ । न्युजिल्यान्डमा विगत सय दिनमा एउटा पनि संक्रमित देखिएको छैन ।
विश्वमा अहिले सबैभन्दा संक्रमित महाद्विप उत्तर अमेरिका हो ।

एसियामा ४९ लाख ५७ हजार ७ सय ५३ संक्रमित छन् । यसमा ४३ प्रतिशत संक्रमित भारतमा छन् । भारतमा २२ लाख भन्दा बढी संक्रमित भइसकेका छन् । भारतपछि सबैभन्दा धेरै इरानमा ३ लाख २४ हजार संक्रमित भएका छन् ।

प्रकाशित मिति: २६ श्रावण २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्