डोटीमा घर भत्किदा एकै परिवारका ४ जनाको मृत्यु, ५ घाइते




काठमाडौं, साउन २७
डोटीमा घर भत्किदा एकै परिवारका चार जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।

सोमबार राति एक बजेतिर गाउँपालिकाको वडा नम्बर १ बाँझककानीका नुगे लोहारको घर भत्किँदा चारजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

मृत्यु हुनेमा लोहारकी श्रीमती, दुई छोरी र एक छोरा रहेको प्रहरीले जनाएको छ । लोहारसहित उनकी आमा र सासु, साला र दुई वर्षकी छोरी भने घाइते भएका छन् । उनीहरुको दिपायलमा उपचार भइरहेको जनाइएको छ ।

लगातार वर्षाले ढुंगा र माटोको गारो भएको घर भिजेकाले घर भत्किएको हुन सक्ने प्रहरीको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News