सुदूरपश्चिममा मिडियामाथि अंकुश, विरोधकाबीच मिडिया सम्बन्धी विधेयक पारित


 



धनगढी, साउन २८
सुदूरपश्चिम प्रदेश सभाबाट आज एफएम रेडियो तथा टेलिभिजन प्रशारण सम्बनधमा ब्यवस्था गर्न बनेको विधेयक पारित गरेको छ ।

प्रदेश सभाका सदस्यहरुले छलफलका क्रममा विधेयकका विभिन्न प्रावधानहरुमाथि सुझावहरु दिएका थिए । तर, ती सुझावहरुमाथि छलफल समेत नगरीकनै प्रदेश सभाबाट विधेयक पारित भएको हो ।

प्रदेश सभा सदस्यहरुको बोल्ने क्रम सकिएसंगै सभामुख अर्जुन बहादुर थापाले विधेयक माथि उठेका प्रश्नहरुबारे सरकारका तर्फबाट सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीलाई जवाफ दिन अनुमित दिए ।

मन्त्री सुवेदीले जवाफ दिए लगत्तै प्रदेश सभा सदस्यहरुका सुझावहरुलाई छलफलमा नलिएर सोझै विधेयक पारित गर्ने प्रक्रिया शुरु गरियो ।

विधेयकमाथि प्रतिपक्षी दल नेपाली कांग्रेसका डिल्लीराज पन्त र सत्तापक्ष नेकपामा दुर्गा विकले विधेयकमा भएको ब्यवस्था अनुसार आफै अभियोग लाउने, आफै अनुसनधान गर्ने र आफै सजाय तोक्ने निकायका रुपमा आन्तरिक मामिला तथा कानून मन्त्रालय रहन नहुने, प्रशारण पूर्व कुनै पनि विषयको विवरण मन्त्रालयमा पेश गर्ने विषय संविधान बिपरित हुने सुझाव दिएका थिए ।

उक्त विधेयक पारित हुन लागेपछि प्रदेशसभा अगाडि नेपाल प्रेस यूनियन कैलाली शाखाले पनि विरोध प्रदर्शन गरेको थियो।

प्रकाशित मिति: २८ श्रावण २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्