भारतमा एकैदिन थपिए ६७ हजार संक्रमित


 



काठमाडौं, साउन २९
भारतमा एकैदिन कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४७ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा ९५० जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या ४७ हजार १३८ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ६७ हजार ६६ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमित संख्या २३ लाख ९५ हजार ४७१ पुगेको छ । संक्रमितको यो संख्या एसियाली देशमा सबैभन्दा धेरै हो भने विश्वमा सबैभन्दा बढी संक्रमित हुने देशहरूको सूचिमा तेस्रो हो ।

संक्रमितमध्ये अहिलेसम्म १६ लाख ९५ हजार ८६० जना संक्रमणमुक्त भएका छन् भने ६ लाख ५२ हजार ४७३ जनाको उपचार भइरहेको छ ।

प्रकाशित मिति: २९ श्रावण २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्