विकास योजनामा चरम भ्रष्टाचारः छानविनको माग


 


डोल्पा। ठूलीभेरी नगरपालिका–६ मा सञ्चालित तीन वटा विकास योजनामा चरम भ्रष्टाचार भएको आरोप लगाउँदै त्यहाँका युवाले त्यसको छानविनको माग गरेको छ ।

उक्त विकास योजनामा चरम भ्रष्टाचार भएको भन्दै स्थानीय सचेत युवाले जिल्ला प्रशासन कार्यालय डोल्पामा योजनाको नाम र रकमसहित उल्लेख गरेर उजुरी दिँदै सत्यतथ्य छानविनको माग गरेका हुन् ।

उपभोक्ता समितिमा सोझासाझा सर्वसाधारणलाई राखेर उनीहरुको सोझोपनको फाइदा उठाउँदै जिल्ला वन डिभिजन कार्यालयका कर्मचारी र वडाका जनप्रतिनिधि मिलेर योजनाको लाखौँ रकम दुरुपयोग गर्ने गरेको सुशासनका लागि युवा अभियानका अभियान्ता सुमन बुढाले बताए।

उक्त योजनाको बृहत् छानविनका लागि स्थानीय युवा मिलेर जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएको उनले बताए ।

तामाचौर हुँदै सुनदहसम्मको पर्यटन पदमार्गको कूल बजेट रु २० लाखमा कार्यालयबाट सबै रकम भुक्तानी भइसकेको भए पनि गाउँलेलाई एक रुपैयाँ पनि नबाँडेको पाइएको बुढाले बताए।

प्रकाशित मिति: २९ श्रावण २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्