कालिकोटमा पहिरोले घर पुरियो, ६ जनाको मृत्यु




कालिकोट, साउन ३०
कालिकोटमा पहिरोले घर पुरिँदा ६ जनाको मृत्यु भएको छ। जिल्लाको महाबै गाउँपालिका वडा नम्बर ३ मा रजबहादुर विष्‍टको घर पहिरोले पुरिँदा ६ जनाको मृत्यु भएको हो ।

गए राति आएको पहिरोले विष्‍टका दुई छोरा र दुई छोरीको मृत्यु भएको हो । पहिरोमा विष्टका छिमेकी दुईजनाको पनि घटनास्थलमै मृत्यु भएको छ । छिमेकीका दुई छोरी पनि विष्टकै घरमा सुतेका थिए ।

बिकट ठाउँ भएकाले पहिरोबाट के कति क्षति भयो भन्ने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । उद्धारका लागि घटनास्थलमा प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News