नेकपा विवाद समाधान गर्न ६ सदस्यीय कार्यदल गठन


 



काठमाडौं, साउन ३०
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को जारी आन्तरिक विवाद समाधान गर्न कार्यदल गठन गरिएको छ । नेकपा विवाद समाधानका लागि महासचिव विष्णु पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदन गठन गरिएको हो ।

कार्यदलमा स्थायी कमिटी सदस्यहरु भीम रावल, शंकर पोख्रेल, जनार्दन शर्मा, सुरेन्द्र पाण्डे र पम्फा भुसाल रहेका छन् । बालुवाटारमा भर्खरै सम्पन्न नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड बीचको छलफलले उक्त कार्यदल गठन गरेको स्रोतले बताएको छ ।

१० असारबाट सुरु भएको नेकपाको स्थायी कमिटीको बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले दुवै पदबाट राजीनामा दिनुपर्ने माग उठेपछि नेकपा विवादोन्मुख भएको थियो । यद्यपि बिहीबार दुई अध्यक्ष ओली(प्रचण्डबीच भेट भएपछि विवाद समाधानका लागि कार्यदलन गर्ने सहमति भएको थियो ।

प्रकाशित मिति: ३० श्रावण २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्