प्रदेश १ः ९५ संक्रमित थपिए , हालसम्म १०७५ संक्रमित कोरोनामुक्त



विराटनगर, साउन ३०

प्रदेश १ मा ठूलो संख्यामा कोरोना संक्रमित थपिने क्रम जारी छ । शुक्रबार पनि ९५ जना नयाँ संक्रमित थपिएका छन् । ््

जसमा मोरङमा सबैभन्दा धेर ६२ जना छन् । यो सँगै प्रदेशमा संख्या १ हजार ८ सय २१ पुगेको छ भने जना कोरोनामुक्त बनेका छन् । ।

शुक्रबार थपिएका संक्रमितमध्ये ७६ पुरुष र २८ जना महिला रहेको प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

विराटनगरमा २० पुरुष र १३ महिला गरि ३३ जना नयाँ संक्रमित थपिएका छन् । यस्तै मोरङको रंगेलीमा १९ पुरुष र ९ महिला गरि २८ जना संक्रमित भेटिएका छन् भने सुन्दरहरैचामा १ पुरुषमा संक्रमण पुष्टि भएको छ ।

यस्तै सुनसरीमा १८ पुरुष र ४ महिला गरि २२ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । सुनसरीको दुहबीमा ११ पुरुष र २ महिला, धरानमा २, इटहरीमा ३, खुसीमा ३, रामधुनी र देवागन्जमा १र१ जनामा संक्रमण देखिएको छ ।

उता झापामा ९ पुरुष र २ महिला गरि ९ जनामा संक्रमण पुष्टि भएको छ । झापाको भद्रपुरमा २ पुरुष, दमकमा ४ महिला र २ पुरुष तथा शिवसतासीमा १ पुरूषमा संक्रमण देखिएको छ । धनुषा र सिरहाको विष्णुपुरका १–१ जनामा संक्रमण देखिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2020 Deshko News