संघीय सांसद यादवलाई कोरोना संक्रमण पुष्टि




जनकपुरधाम, साउन ३०
संघीय सांसद डा. सूर्यनारायण यादवलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ ।६४ वर्षीय यादवलाई बिहीबार राति कोरोना संक्रमण पुष्टि भएको हो ।

सप्तरी क्षेत्र नम्बर १ बाट निर्वाचित डा. यादव लामो समयदेखि जनकपुरधाममा निजी क्लिनिकसमेत संचालन गर्दै आएका छन् । उनले आफू क्लिनिकमा उपचार गराउन आएका बालकबाट कोरोना संक्रमण भएको बताएका छन्।

उनले ती बालकलाई आफैंले उपचार गरेका कारण आफ्नो जाँच गराउँदा समेत पोजेटिभ आएको बताए । उनले सुरुमा शरीर एकदमै दुखेपनि अहिले स्वास्थ्य अवस्था सामान्य रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News