फलामको ढोकाले किच्दा बहिनीको मृत्यु, दिदी घाइते




झापा, साउन ३१
झापाको बिर्तामोडमा फलामको ढोकाले किच्दा एक बालिकाको मृत्यु भएको छ । नगरपालिकाको वडा नम्बर १ को देवी पञ्चकन्या प्लटिङमा छिमेकीको बन्दै गरेको घरको ढोकाले किचेर सोही स्थानका निर्मल सुनुवारकी आठ वर्षीया छोरी एन्जलको मृत्यु भएको हो ।

निर्मला चौहानको निर्माणाधीन घरका लागि ल्याएर राखिएको फलामको ढोकाले किच्दा सुनुवारका खेल्दै गरेका छोरीहरू ११ वर्षीया एलुन र आठ वर्षीया एन्जला शुक्रबार गम्भीर घाइते भएका थिए ।

घाइते दुवैलाई बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा उपचारका लागि ल्याइएको थियो । उपचारकै क्रममा एन्जलाको मृत्यु भइसकेको र एलुनको उपचार चलिरहेको थापाले बताए । घटनाबारे प्रहरीले थप अनुसन्धान अगाडि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News