भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५० हजार नाघ्यो




काठमाडौं, साउन ३२
भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५० हजार नाघेको छ। आज विहानसम्म भारतमा संक्रमणको कारण ५० हजार ८४ जनाले ज्यान गुमाइसकेको वल्र्डओमिटरले जनाएको छ।

पछिल्लो २४ घण्टामा मात्रै भारतमा संक्रमणका कारण नौ सय ५० जनाले ज्यान गुमाएका छन्। यसबीचमा झण्डै ६४ हजार नयाँ संक्रमित थपिएका छन्। नयाँ थपिएकासँगै भारतमा संक्रमितको संख्या २५ लाख ८९ हजार दुई सय आठ पुगेको छ।

त्यहाँ अहिलेसम्म १८ लाख ६० हजार भन्दा धेरै संक्रमित उपचारपछि निको भएर घर फर्किका छन्। पछिल्लो २४ घण्टामा विश्वभर कोरोना संक्रमणबाट पाँच हजार एक सय ४० जनाले ज्यान गुमाएका छन्। यस बीचमा दुई लाख ४७ हजार चार सय २१ जना नयाँ संक्रमित थपिएका छन्।

सबैभन्दा धेरै भारतमा भण्डै ६४ हजार, अमेरिकामा ५३ हजार भन्दा धेरै, ब्राजिलमा झण्डै ३९ हजार, कोलम्बियामा साढे ११ हजार भन्दा धेरैमा एकै दिन संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै अमेरिकामा एक हजार ७१ जनाले ज्यान गुमाएका छन्। अहिलेसम्म विश्वभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या सात लाख ६७ हजार नौ सय ५६ पुगेको छ भने संक्रमितको संख्या दुई करोड १५ लाख ९२ हजार नाघेको छ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News