थपिदै कोरोना संक्रमित, थप ६४१ जनामा कोरोना संक्रमण




काठमाडौं, साउन ३२
देशभर कोरोना संक्रमितको संख्या पछिल्ला दिनमा बढ्दैछ । पछिल्लो २४ घण्टामा देशभर ६४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो नियमित प्रेस व्रिफिङमा काठमाडौं उपत्यकाका १७२ जनासहित ६४१ जनामा संक्रमण पुष्टि भएको बताए । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले संक्रमितको कुल संख्या २६ हजार ६६० पुगेको जानकारी दिए ।

उनकाअनुसार हालसम्म १७ हजार ३३५ जनाले कोरोना जितेका छन् । आज थप दुई जनाको मृत्यु भएसंगै मृतकको संख्या १०४ पुगेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News