चितुवाले आगनमै आएर चिथोर्यो




काठमाडौं, भदौ १
स्याङ्जाको वालिङ्गमा घरकै आगनमा बसिरहेका एक जनालाई चितुवाले चिथोरेको छ ।

वालिङ नगरपालिका वडा नम्बर ११, स्वरेक टापु निवासी ६७ वर्षीय खगिसरा पंगेनी ९पुरुष० लाई बिहान २ बजेतिर चितुवाले झम्टेको हो।

ब्याएको भैंसी हेरेर घरको आँगनमा बसिरहेका बेला उनलाई चितुवाले चिथोरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए। उनका अनुसार उनको टाउको र दुवै हातमा चोट लागेको छ।

स्थानीय स्वास्थ्य केन्द्रमा प्राथमिक उपचारपछि उनलाई बिहान ६ बजे गण्डकी मेडिकल कलेज ९पोखरा० लगिएको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News