भारतबाट आइरहेकी बृद्धाको त्रिनगर नाकामा मृत्यु




धनगढी, भदौ १
भारतबाट आइरहेकी एम बृद्धाको कैलालीको त्रिनगर सीमा नाकामा मृत्यु भएको छ । भारतको सुरतबाट नेपाल आइरहेकी कैलालीको गोदावरी नगरपालिका वडा नम्बर १२ की एक सय वर्षीया बृद्धाको मृत्यु भएको हो ।

परिवारका अन्य सदस्यसहित आएकी बृद्धाको केहीबेर अघि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतीक बिष्टले जानकारी दिए ।

उनकाअनुसार सीमा नाकामा पुगिसकेपछि अरु यात्रुसहित सबैको कोरोना परीक्षणको तयारी भइरहेका उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News