कोशीको आइसोलेसनमा एक जनाको मृत्युु



विराटनगर भदौ १

विराटनगरमा फेरि अर्का एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । विराटनगरस्थित कोशी अस्पतालको आइसोलेशनमा भर्ना गरिएका ती संक्रमितको सोमबार मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ ।

मृतक मोरङको कटहरी गाउँपालिका १ घर भएका तर विराटनर ८ मधुमारामा बस्दै आएका थिए । ४७ वर्षीय ती पुरुषको उपचारको क्रममा अपरान्ह ५ः५० बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

ज्वरो, खोकी र श्वासप्रश्वास समस्य भएपछि शनिबार राति अस्पतालमा भर्ना भएका उनको कोरानोसँग मिल्दोजुल्दो लक्षण देखिएकोले भर्ना भएलगतै स्वाब संकलन गरी परीक्षण गर्दा आइतबार बिहान उनको पोजेटिभ रिपोर्ट आएको थियो ।

‘अस्पतालको आइसोलेशनमा राखेर उपचार भइरहेको थियो,’ अस्पतालले भन्यो, ‘उपचारको क्रममा मृत्यु हुनपुग्यो ।’ कोशी अस्पतालमा यसअघि ७ जना संक्रमितको मृत्यु भइसकेको छ । योसँगै मोरङमा कोरोनबाट मृत्यु हुने संख्या ११ पुगेको छ ।

यसअघि विराटनगर ९ का २ जना, १०, १५, ३, २, ५ वडाका १÷१ जना, मोरङ रंगेलीका १ जना, सुनवर्षीका १ जना र बुढीगंगाका १ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News