स्वास्थ्य मापदण्ड नमाने अब यस्तो कार्वाही


 



काठमाडौं, भदौ २
चन्द्रागिरी नगरपालिकामा अब स्वास्थ्य मापदण्ड कडाइका साथ लागूगरिने भएको छ । कोरोना जोखिम नियन्त्रणका लागि तोकिएका स्वास्थ्य मापदण्ड नमान्‍नेलाई एक हजार जरिवना गरिने नियम लगाइएको छ ।

नगरपालिकाभित्र रहेका नेपाली सेना, नेपाल प्रहरी सशस्त्र प्रहरी बल र नगरपालिकाभित्रका ६ वटै विषयगत समितिका प्रमुखसहितको बैठकले बढ्दो संक्रमणलाई ध्यानमा राखेर स्वास्थ्य मापदण्ड नमान्नेलाई जरिवना गर्ने निर्णय गरेको हो। 

नगरपालिकाले तीजलगायत आउँदै गरेका चाडपर्व आफ्नै घरभित्र रही जनस्वास्थ्य मापदण्ड पालना गरेर परिवारका सदस्य मात्र बसेर मनाउन अनुरोध गरेको छ। 

नगरपालिकाका प्रमुख घनश्याम गिरिले चन्द्रागिरिमा विदेश वा अन्य जिल्लाबाट आउने व्यक्तिले अनिवार्य रूपमा पीसीआर परीक्षण आफ्नो खर्चमा गर्नुपर्ने र २१ दिन होम क्वारेन्टाइनमा बस्नुपर्ने बताए। 

प्रकाशित मिति: २ भाद्र २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्