राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन




काठमाडौं, भदौ २
राष्ट्रकवि माधवप्रसाद घिमिरेको आज निधन भएको छ । उनको १०१ वर्षको उमेरमा मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा घरमै निधन भएको हो।

उनको जन्म विं सं. १९७६ असोज ७ गते लमजुङको पुस्तन गाउँमा भएको थियो । घिमिरे स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली अपनाएर साहित्य सिर्जना गर्ने साहित्यकारका रूपमा चिनिन्छन् ।

उनले कविता, खण्डकाव्य, गीतिनाटक, कथा, अनुवाद लेख(प्रबन्धजस्ता अनेकौं विधा-उपविधाहरूमा सिर्जना दिँदै आइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News