बझाङमा पहिरोले घर बगायो, दुई बेपत्ता




बझाङ,भदौ ३
गएराति बझाङको बुङ्गलमा पहिरोलेघर बगाउँदा दुई जना बेपत्ता भएका छन् भने चार जना घाइते भएका छन् । घरमाथिबाट आएको पहिरोले स्थानीय प्रताप ताम्राकारको घर बगाएको हो ।

पहिरोमा उनका १४ वर्षका छोरा सचिन ताम्राकार र बुङ्गल नगरपालिका वडा नम्बर ४ तिर्थबगर बस्ने दमन ओखेडाका ५ बर्षका सुदिप ओखेडा बेपत्ता भएका छन् । सुदिप केहि दिन अघि आफ्नो फुपुको घरमा आएका थिए । प्रताप रोजगारीको सिलसिलामा भारतको ब्याङलोरमा छन् ।

दुबै जनाको खोजी कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी गणेश बमले जानकारी दिए । पहिरोमा परेर उनकी ४० वर्षीया श्रीमती पिपला ताम्राकार, १८ वर्षकी छोरी सुनिता र १२ वर्षकी सन्तोसी ताम्राकार र १६ वर्षका अनिल ताम्राकार घाइते भएका छन् ।

बेपत्ता भएकाहरूको खोजी कार्य गर्न स्थानीय, नेपाल प्रहरी र नेपाली सेना लागि परेका डिएसपी बमले बताए ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News