कञ्‍चनपुरमा पनि निषेधाज्ञा




काठमाडौं, भदौ ४
कोरोना संक्रमण बढ्दै गएपछि कञ्चनपुरमा पनि निषेधाज्ञा जारी गर्ने निर्णय गरिएको छ ।

कञ्‍चनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले एक विज्ञप्ति जारी गर्दै भदौ ४ गते राति १२ बजेदेखि भदौ १४ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरिएको बताए । लकडाउनमा औषधी खाद्यवस्तु तथा अन्य अत्यावश्यक उपभोग्य बस्तु तथा सेवा खरिदको काममा बाहेक कुनै पनि व्यक्ति घरबाट बाहिर निस्किन पाइने छैन ।

त्यस्तै, जिल्ला भित्र सबै प्रकारका निजी तथा सार्वजनिक यात्रुबाहक सवारीसाधन जोर विजोरको आधारमा सञ्‍चालन गर्ने व्यवस्था कडाइका साथ लागु गरिने भएको छ । कुनै पनि मेला, पर्व, महोत्सव, जात्रा सञ्चालन गर्न, मानिसहरु भेलाजम्मा हुन, भिडभाड गर्न, सभा जुलुस गर्न पाइने छैन ।

त्यस्तै, परम्परागत रुपमा भई आएको दैनिक रुपमा हुने आन्तरिक नित्य पूजा बाहेकका सम्पूर्ण धार्मिक, सांस्कृतिक गतिविधिहरु सञ्चालन तथा जमघट नगर्ने, शैक्षिक संस्थाहरु, प्रशिक्षण केन्द्रहरु, ट्यूशन सेन्टर, भाषा कक्षा लगायतका जमघट हुने गतिविधिहरु सञ्चालन नगर्ने विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News