२४ घण्टामा ११ जना कोरोना संक्रमितको मृत्यु



काठमाडौं, भदौ ५

पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा १ महिला र १० जना पुरुष रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

अहिलेसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३७ पुगेको छ।

हाल क्वारेन्टिनमा रहेको संख्या १२ हजार २३४ रहेको छ भने आइसोलेसनमा १२ हजार १३२ जना छन्। कोरोना भाइरसको संक्रमणबाट निको हुनेको संख्या १८ हजार २१४ रहेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News