प्लाज्माथेरापीबाट उपचाररत संक्रमितको मृत्यु



धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्लाज्मा थेरापीबाट उपचाररत कोरोना संक्रमितको मृत्यु भएको छ । सुनसरीका एक कोरोना संक्रमितको मृत्यु भएको छ । धरान(१५ का ६७ वर्षीय संक्रमितको मृत्यु भएको हो ।

उनलाई संक्रमण भएको २७ साउनमा पुष्टि भएको थियो । त्यसयता धरामा उपचाररत उनको शुक्रबार प्लाज्मा थेरापी गरिएको थियो ।

तर शनिबार दिउँसो १२ बजे मृत्यु भएको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्रवक्ता डाक्टर निदेश सापकोटाले जानकारी दिए ।

‘संक्रमितको स्वास्थ्य गम्भिर भएपछि प्लाज्मा थेरापीबाट उपचारको प्रयास गरेका थियौं, तर बचाउन सकिएन, उनले भने ।

धरानमा प्लाज्मा थेरापी गरिएको यो दोस्रो केस हो । पहिलो पटक प्लाज्मा दिएका संक्रमित धरानमै उपचाररत छन् ।

यससँगै प्रदेश १ मा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १५ पुगेको छ । उनीहरुमध्ये १३ जना मोरङका हुन् भने दुई जना सुनसरी धरानका हुन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News