Deshko News
१६ मंसिर २०८०, शनिबार

प्रहरीकै अगाडि १६ लाख रुपैयाँ फालेर फरार


 


बारा, भदौं ६
मोटरसाइकलमा आएका एक व्यक्तिले प्रहरीकै अगाडि १६ लाख रुपैयाँ फालेर फरार भएका छन् । आज (शनिबार) बिहान करिव ८ बजेतिर बाराको महागढी नगरपालिका–७ स्थित सडकमा प्रहरी चेकजाँचका क्रममा एक व्यक्तिले सो रकम फालेर भागेका हुन् ।

प्रहरी चौकी तेलकुवा बाराबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा नम्बर नखुलेको मोटरसाइकलमा आएका ती व्यक्तिले आफूासँग भएको रातो झोला फालेर भागेको र उक्त झोलामा १६ लाख रुपैयाँ रहेको जिल्ला प्रहरी कार्यालय बाराका डीएसपी गौतम मिश्रले जानकारी दिएका छन् । उक्त झोलामा नेपाली हजार रुपैयाँ दरका ७६१ थान ५०० दरका १ हजार ६७६ थान गरी १६ लाख रुपैयाँ रहेको उनले जनाकारी दिए ।

 उनले मोटरसाइकलको नम्बर नखुल्दा अनुसन्धानमा अप्ठ्यारो भए पनि आफूहरु उक्त व्यक्तिको नजिक पुगिसकेको उनले जानकारी दिए । उनले स्रोत नखुलेको रकम भएका कारण ती व्यक्ति सो रुयैयाँ फालेर भागेको हुनसक्ने बताए । उनले फरार चालकको खोजी भइरहेको र बरामद भएको रकम राजश्व कार्यालयमा बुझाउने तयारी भइरहेको जानकारी दिएका छन् ।

प्रकाशित मिति: ६ भाद्र २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्