भारतमा कोरोना संक्रमणको नयाँ रेकर्ड, अहिलेसम्मकै धेरै संक्रमित फेला




काठमाडौं, भदौ ६
भारतमा कोरोना संक्रमणको नयाँ रेकर्ड कायम भएको छ । अहिलेसम्मकै सबैभन्दा धेरै कोरोना संक्रमित फेला परेका छन् ।

पछिल्लो २४ घण्टामा ६९ हजार ८७८ संक्रमित थपिएका छन् । भारतमा एकैदिन यतिधेरै कोरोना संक्रमित थपिएको यो पहिलोपटक भएको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ ।   

भारतमा कोरोनाका कारण ज्यान गुमाउनको संख्या ५५ हजार ७९४ पुगेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।  

भारतमा कोरोना संक्रमितको संख्या २९ लाख ७५ हजार ७०१ पुगेको तथ्यांकमा उल्लेख छ । पछिल्लो २४ घण्टामा भारतमा ९४५ कोरोना संक्रमितको मृत्यु भएको छ ।

भारत विश्वमा धेरै कोरोना संक्रमित हुने देशको सूचिमा अमेरिका र ब्राजिलपछि तेस्रो स्थानमा छ । भारतमा लकडाउन अन्त्य भएसँगै कोरोना संक्रमण तीव्र रुपमा बढिरेको छ । 

विश्वका २१६ देशमा फैलिएको कोरोनाका कारण हालसम्म ७ लाख ९५ हजार १३२ को ज्यान गइसकेको छ । संक्रमितको संख्या २ करोड २८ लाख १२ हजार ४९१ पुगेको छ ।  
 

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News