सुदूरपश्चिमका मुख्यमन्त्री भट्टका सवारी चालकलाई कोरोना पुष्टि

धनगढी, भदौ ७
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टका सवारी चालकमा कोरोना संक्रमण पुष्टि भएको छ ।
सेती प्रादेशिक अस्पताल प्रयोगशालामा आज गरिएको परीक्षणमा मुख्यमन्त्रीका सवारी चालकमा कोरोना पुष्टि भएको हो। उनी मुख्यमन्त्री निवासको गाडी चलाउँदै आएका चालक हुन् ।
उनलाई सेती प्रादेशिक अस्पतालको आइसोलेनमा राखिएको मुख्यमन्त्रीका स्वकीय सचिव शीवसिंह ओलीले जानकारी दिए । उनकाअनुसार चालकमा कोरोना देखिएपछि मुख्यमन्त्री भट्ट सेल्फ क्वारेन्टाइनमा बसेका छन् ।
प्रकाशित मिति: ७ भाद्र २०७७, आइतबार