कोरोना महामारी भयावह तर्फ, एक हप्ताभित्रै ४५ जनाको मृत्यु




काठमाडौं, भदौ ८
नेपालमा पछिल्लो समय कोरोना संक्रमण बढेसङ्गै मृत्युदर पनि तीब्र बनेको छ । लगातार मृतक संख्या बढ्दै जाँदा महामारीको संकट भयावहतर्फ उन्मुख भएको छ ।

पछिल्लो एक सातमै ४५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । एकै दिन किर्तिमानी ११ जनाको मृत्यु पनि यसै महिना भएको छ । २० साउनबाट दैनिक कोरोना संक्रमणबाट मृत्यु संख्या थपिने क्रम रोकिएको छैन ।

२ जेठमा कोरोना भाइरसबाट पहिलो मृत्यु पुष्टि भई फाट्टफुट्ट मृत्युका घटना हुने गरेकोमा पछिल्लो समय लगातार मानिसको मृत्यु हुने क्रम बढेको छ ।

जेठ देखि साउनभित्र एक सय ४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको थियो । तर, भदौको १ देखि ७ गतेभित्र ४५ जनाको मृत्यु भइसकेको छ । जेठमा भन्दा असारमा, असारमा भन्दा साउनमा बढी मानिसको मृत्यु भएको तथ्यांक छ ।

नेपालमा कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म मृत्यु हुनेको संख्या एक सय ४९ पुगेको छ । मृत्यु हुनेमध्ये एक सय १५ पुरुष र ३४ महिला छन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News