काेराेना महामारीमा सीमा नाकाबाट धमाधम तस्करी

काठमाडौं, भदाैँ ९
सरकारले सीमा नाकाको सुरक्षाका लागि भन्दै ठूलो संख्यामा सशस्त्र प्रहरीको जनशक्ति खटाए पनि विभिन्न बहानामा हुने आवतजावत र अवैध तस्करी रोकिएको छैन ।सीमा सुरक्षामा खटिएका सुरक्षाकर्मीले नाकाबाट हुने आवतजावत तथा अवैध गतिविधि रोक्न खोज्दा कतिपय स्थानमा तस्कर समूहबाट सुरक्षाकर्मीमाथि नै आक्रमणको प्रयाससमेत भएको छ ।
तस्कर समूहका नाइकेले खेतबारीमा हुने कामको बहानामा बाहेक दिउँसोमा हुने आवतजावत रोके पनि कतिपय स्थानमा राति कारोबार चलाउन सक्रिय भएका छन् । सरकारले कोरोना संक्रमणको जोखिम बढ्दै जाँदा गत चैतबाट नै सीमा नाकाबाट हुने आवतजावत पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको थियो ।
आइतबार मात्रै बारामा भारतबाट तस्करी गरेर ल्याइएका ४० बोरा रासायनिक मल स्थानीय प्रशासनले बरामद गरेको छ । आइतबार बिहान बाराको सिम्रौनगढ गाउँपालिकाअन्तर्गतका ४ वटा नाका अनुगमनका क्रममा नौवटा मोटरसाइकलमा तस्करी गरी ल्याउँदै गरेको रासायनिक मल बरामद गरिएको बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिए । राजधानी दैनिकमा महेश गाैतमले समाचार लेखेका छन्।
प्रकाशित मिति: ९ भाद्र २०७७, मंगलबार