चट्याङ लाग्दा एकको मृत्यु, दुई घाइते



कञ्चनपुर, भदाैँ ९
चट्याङ लागेर कञ्चनपुरको बेलौरी नगरपालिका–१ वैशाखीका २२ वर्षीय लोकेन्द्र चन्दको गए राति मृत्यु भएको छ । 

चट्याङ लागेर घाइते भएका उनलाई कैलालीको निःसर्ग अस्पतालमा पुर्याइएपछि उपचारका क्रममा चन्दको मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक रणबहादुर चन्दले बताए।

उनका अनुसार सोही ठाउँका २६ वर्षीय सुजन शाही र २० वर्षीय नरेश शाही चट्याङ लाग्दा घाइते भएका छन । घाइते दुवै जनाको निःसर्ग अस्पतालमा उपचार भइरहेको छ । घर नजिकैको राधाकृष्ण मन्दिरमा बसेर तीनै जना मोबाइल चलाउँदै गर्दा राति ८ बजेर २५ मिनेट जाँदा चट्याङ लागेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News