वीपीका नर्सको आन्दोलन चर्कियो



धरान भदौ ९
वीपी प्रतिष्ठानका स्टाफ नर्सले आन्दोलन चर्काएका छन् । मागहरु वेवास्ता गरेको भन्दै उनीहरु आन्दोलित बनेका हुन् ।

यसअघि अलग अलग विभागका नर्सहरुले आन्दोलन गर्दै आएकोमा आजदेखि संयुक्तरुपमा आन्दोलन थालेका छन्। उनीहरुको आन्दोलमा हेल्पर र हेल्थ एडहरु पनि सहभागी भएका छन्। आज बिहानैदेखि प्रतिष्ठानको प्रशासनिक भवनमा भेला भएका नर्सहरुले नाराबाजी पनि गरिरहेका छन्। उनीहरुले प्रतिष्ठानका पदाधिकारीहरुलाई विभिन्न १६ बुँदे माग पेश गरेका छन्। प्रतिष्ठानका उपकुलपति, रेक्टर र रजिष्ट्रार प्रदेश राजधानी विराटनगर गएकोले अहिले अस्पताल निर्देशक डा।गौरीशंकार साह र मेट्रोन उपेन्द्र यादवसँग प्रतिनिधिमुलक छलफल पनि भइरहेको छ। छलफल जारी रहदा पनि बाहिर नर्सहरुले नारा लगाइरहेका छन्।

नर्स, हेल्पर र हेल्थ एडहरुले भोली बुधबारसम्म माग पुरा नभए कालोपट्टी बाँध्ने र बिहिबारसम्म पनि माग पुरा नभए सम्पूर्ण स्टाफ नर्स, हेल्पर र हेल्थ एडहरु डिउटीमा सहभागी नहुने चेतावनी दिएका छन्। कोरोनाविरुद्ध फ्रन्टलाइनमा काम गरिरहे पनि विरामी संक्रमण पुष्टि भएपछि डाक्टरहरुलाई क्वारेन्टिनमा राख्ने तर आफुहरुलाई वेवस्ता गरिएको गुनासो स्टाफ नर्सहरुको छ। क्वार्टर पनि नपाएका नर्सहरुले क्वारेन्टिनको व्यवस्था नगर्दा परिवारका सदस्यहरु पनि संक्रमणको उच्च जोखिममा परेको बताउँदै आएका छन्।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News