आज ११ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १७५ पुग्यो



काठमाडौं, भदाैँ १०
नेपालमा पछिल्लो २४ घन्टायता काठमाडौंका १ जना सहित ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या १ सय ७५ पुगेको छ।

७ वटा जिल्लाका २ महिला र ९ पुरुष गरी ११ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। महोत्तरीमा मात्र तीन जना पुरुषको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए।

मोरङकी ४६ वर्षीया र भक्तपुरकी ५३ वर्षीया महिलाको मृत्यु भएको छ। यस्तै, कैलालीका ४५ र ५० वर्षीय पुरुष, महोत्तरीका ६०, ७२ र ७५ वर्षीय पुरुष, बाराका ४१ र ३६ वर्षीय पुरुष, काठमाडौंका ५१ र बाँकेका ३७ वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

नेपालमा मृत्युदर शून्य दशमलव ५ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News