कोरोना संक्रमित महिलाको उपचारको क्रममा निधन



बुटवल, भदौ ११
बुटवलस्थित लुम्विनी प्रादेशिक अस्पतालमा उपचाररत एक महिलाको मृत्यु भएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिकाकी ७० वर्षीया महिलाको निधन भएको हो ।

गत २६ साउनमा कोरोना पोजेटिभ देखिएको यी महिला ३१ साउनमा कोरोना विशेष अस्थायी अस्पतालमा भर्ना भएकी थिइन् । उच्च रक्तचाप र थाइराइडकोे बिरामीसमेत भएकी उनलाई स्वास प्रश्वासको समस्या देखिएको थियो ।

प्रादेशिक अस्पतालका सूचना अधिकारी डा। विष्णु गौतमले सघन उपचार कक्षमा उपचार गर्दा गर्दै बिहीबार बिहान साढे १० बजे निधन भएको जानकारी दिए । उनकाअनुसार अस्पतालमा गएराति पनि कपिलवस्तुका एक संक्रमितको समेत ज्यान गएको थियो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News